गृहपृष्ठ ∕ खेलकुद ∕ रेमिटेन्स प्रवाह सबन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न रेमिटेन्स प्रवाह सबन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न दीप संञ्चार असोज २९, २०७९ गते ९:२३ मा प्रकाशित कतारमा कार्यरत नेपाली कामदारहरुलाई मध्यनजर गर्दै १४ अक्टुबर २०२२ शुक्रबार औपचारिक माध्यमबाट रेमिटेन्स प्रवाह सबन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l नेपाली राजदुतावास कतारले आयोजना गरेको कार्यक्रमलाई एनआरएनए एनसिसि कतारले संयोजन गरेको थियो l कार्यक्रममा बोल्दै राजदुत ढकालले सुचना तथा जानकारीहरुलाई सामान्य श्रमिक सम्म पुर्याउन कतारमा स्थापित नेपाली संघ सस्था र सञ्चारका माध्यमहरुलाई आग्रह गरेका थिए l ढकालले हाल देशको आर्थिक वृद्धिमा रेमिटेन्स र बैदेशक रोजगारको ठुलो हिस्सा रहेको बताउदै रेमिटेन्सलाई औपचारिक माध्यम प्रयोग गरि थप जिम्वेवार नागरिक बन्न आग्रह गरेका थिए l कार्यक्रममा हिमालय बैक लिमिटेडका महाप्रबन्धक उज्याल राजभण्डारी र हिमाल रेमिटका प्रमुख युना श्रेष्ठ प्रमुख बक्ता रहेका थिए lअभिमुखीकरण कार्यक्रममा औपचारिक माध्यमबाट रेमिटेन्स पठाउदा मुलुकलाई बैदेशिक मुद्रा संचयमा सहयोग पुग्ने र व्यक्तिगत रुपमा बैकहरुबाट लिने बिभिन्न सुविधाहरु लिन सकिने जानकारी गराईएको थियो l अवैधानिकरुपमा हुण्डी मार्फत कारोबार गर्दा रकम असुरक्षीत हुने र सरकारले दिने सेवा सुबिधाबाट समेत बन्चित हुनुपर्ने बक्ताहरुले बताएका थिए l उपस्थितहरुले रेमिटेन्स सम्बन्धि जिज्ञासा राख्दै हाल रेमिटेन्स कम्पनीले लिदै आएको शुल्क घटाउन पर्ने, रेमिटेन्सकर्ताहरुलाई नेपाल सरकारले थप सेवा सुबिधा दिनुपर्ने सुझाब दिएका थिए l राष्ट्रियगानसंगै औपचारिकरुपमा सुरुभएको कार्यक्रमा नेपाली दुताबास कतारका उपप्रमुख लक्ष्मण खनालले शुभकामना मन्तव्य तथा कार्यक्रमबारे जानकारी गराएका थिए । कतारका लागी राजदुत डा. नरेश बिक्रम ढकालको सभापतित्व सम्पन्न कार्यक्रममा अतिथि एन सी सी कतारका अध्यक्ष मोहमद मुक्तादा मुसलमान रहेका थिए । नेपाली रेमिटेन्स कम्पनी तथा कतारमा स्थापित बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण दित्तिय सचिव भुवन भट्टले गरेका थिए lक्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुनेआज रोनाल्डो र मेस्सीको टिम भिडदैमेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतारमाप्रधानमन्त्री प्रचण्ड र एनआरएनएको प्रतिनिधिमण्डलबीच भेटघाट धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्