Techie IT
×
गृहपृष्ठखेलकुदउपाधि दाबेदार लिभरपुल पहिलो खेलमै रोकियो

उपाधि दाबेदार लिभरपुल पहिलो खेलमै रोकियो


इंग्लिस प्रिमियर लिग २०२२/०२३ सिजनको पहिलो खेलमा उपाधि दाबेदार लिभरपुल फुलह्यामसँग रोकिएको छ । शनिबार साँझ भएको खेलमा भ्रमणकारी टोली लिभरपुल फुलह्यामसँग २–२ गोलको बराबरीमा रोकियो ।

खेलमा दुई पटक अग्रता बनाएर पनि घरेलु टोली फुलह्यामले अंक बाढ्न बाध्य भयो । लिभरपुलले खेलमा पकड बनाए पनि फुलह्यामले घरेलु दर्शकमाझ काउन्टरमा बलियो दाबेदारी प्रस्तुत गर्‍यो ।

फुलह्याको लागि दुवै गोल एलेक्सान्डर मिट्रोभिकले गरे । उनले ३२ र ७२ मिनेटमा गोल गरे । यता, लिभरपुलका लागि डार्विन नुनेज र मोहम्मद सलाहले एक एक गोल गरे ।

यसै सिजन लिभरपुल अनुबन्ध भएका नुनेजले ६४औं मिनेटमा एक गोल गरे भने ८०औं मिनेटमा सलाहको गोलमा एक अशिष्ट प्रदान गरे ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #लिभरपुल

तपाईको प्रतिक्रिया दिनुहोस