Techie IT
×
गृहपृष्ठखेलकुदथाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य


आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो ।

 

थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ रनको योगदान गरिन् ।​ बलिङतर्फ नेपालका लागि मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले दुई–दुई विकेट लिइन् । त्यस्तै स्नेहा महराको नाममा एक विकेट हात पारिन् ।

नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । यसअघि भएका तीन खेलमा नेपालले दुई खेलमा जित निकालेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #यू–१९ महिला टी–ट्वान्टी

तपाईको प्रतिक्रिया दिनुहोस