गृहपृष्ठ ∕ खेलकुद ∕ आईसीसी यू–१९ महिला टी–ट्वान्टी : भुटानमाथि नेपालको सहज जित आईसीसी यू–१९ महिला टी–ट्वान्टी : भुटानमाथि नेपालको सहज जित दीप संञ्चार जेठ २३, २०७९ गते १४:५६ मा प्रकाशित आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितमा सानु राजवंशीले अविजित रहदै सर्वाधिक ३० रनको योगदान गरिन् । साना प्रविनले १२ रन जोड्दा सृष्टि जैसीले ८ रन तथा आश्मा पुलामीमगर ३ रनको योगदान गरिन् । भुटानका सांगे वाङ्मोले तीन तथा अन्जुली घली र सोनमले एक–एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाईन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन ।नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले दुई–दुई विकेट लिए । जितसँगै नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । भुटानको यो लगातार तेस्रो हार हो । अंक विहीन भुटान पुछारमा रहेको छ ।अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । क्याटेगोरी : खेलकुदट्याग : #यू–१९ महिला टी–ट्वान्टी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप