गृहपृष्ठ ∕ खेलकुद ∕ पहिलो अभ्यास खेलमै नेपाल पराजित पहिलो अभ्यास खेलमै नेपाल पराजित दीप संञ्चार जेठ २०, २०७९ गते ८:०७ मा प्रकाशित अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ ।बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।अल स्टार्सको जितमा विपुल शर्माले ५० र गौरव बजाजले अविजित ४० रन जोडे । विपुलले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दा गौरवले ५८ बलमा दुई चौका प्रहार गरे । विपुल र गौरवले छैटौं विकेटका लागि ८३ रनको साझेदारीसहित अल स्टार्सलाई सहज जित दिलाएका थिए । नेपालका कप्तान सन्दिप लामिछानेले १० ओभरमा ४९ रन खर्चिदै पाँच विकेट लिए ।यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनको योगफल तयार पारेको थियो । नेपालका आरिफ शेखले ७४ बलमा पाँच चौका मद्दतमा ६० जोडे ।नेपालले त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको सामना गर्नेछ ।क्याटेगोरी : खेलकुदट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप