Techie IT
×
गृहपृष्ठखेलकुदनेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त

नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त


काठमाडौँ -कृतिका मरासिनी नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा नियुक्त भएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सामाजिक संजालमार्फत कुतिकालाई अण्डर-१९ राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरिएको जनाएको हो ।

नेपाली अण्डर-१९ महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पहिलोपटक आयोजना गर्न लागेको अण्डर-१९ महिला विश्वकपको एशियाली क्षेत्रीय छनोटमा भाग लिदैछ ।

नेपालले छनौट प्रतियोगितामा आयोजक मलेसिया,युएई,कतार, थाईल्याण्ड,चीन, भुटान र म्यानमार छन् ।

एशियाली क्षेत्रिय छनोट जुन महिनामा मलेसियामा हुनेछ । यसका लागि नेपालले १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #महिला क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस