गृहपृष्ठ ∕ खेलकुद ∕ अन्तिम खेलमा युगान्डामाथि नेपालको जित अन्तिम खेलमा युगान्डामाथि नेपालको जित दीप संञ्चार जेठ ७, २०७९ गते १९:३३ मा प्रकाशित युगान्डाविरुद्ध कीर्तिपुरमा सम्पन्न ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपालले ३३ रनको जित हासिल गरेको छ ।नेपाल भ्रमणमा आएको युगान्डाले सुरुआती तीन खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला सुनिश्चित गरिसकेको थियो । घरेलु मैदानमा खेलको पहिलो शृङ्खलामा ३/० ले पछि परेको नेपालले पछिल्ला दुई खेलमा जित निकाल्दै ३/२ को सम्मानजनक नतिजा निकाल्यो ।शनिबार भएको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।युगान्डाका लागि रिता मुसामालीले २६, यानेट एम्बाबाजीले १० तथा शाकिरा स्याडिकले अविजित १३ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् नेपालका लागि सीता राना मगर र इन्दु बर्माले २/२ तथा अस्मिना कर्माचार्य र हिरामान्यी रोयले १/१ विकेट लिए ।यसअघि पहिलो इनिङमा नेपालका लागि ज्योति पाण्डेले ६१ बलमा तीन चौकासहित ४९ रन बनाएकी थिइन् । यस्तै सीताले १७, इन्दुले ८ तथा कविजता जोशीले अविजित १८ रन बनाउँदा अप्सरी बेगम ११ रन बनाएर आउट भइन् ।युगान्डाका लागि कोन्ची अवेको र फियोना कुलुमेले १/१ विकेट लिएका थिए । नेपालले बाँकी चार विकेट रन आउटमा गुमाएको थियो ।क्याटेगोरी : खेलकुदट्याग : #महिला क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट