Techie IT
×
गृहपृष्ठखेलकुदबार्सिलोनाले रियल सोसिडाडलाई हरायो

बार्सिलोनाले रियल सोसिडाडलाई हरायो


काठमाडौं -रियल सोसिडाडलाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार राति भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन निर्णायक गोल पियरेक इम्रीक औबामेयाङकले गरे । उनले खेलको ११औँ मिनेटमा फेरान टोरेसको पास सदूपयोग गरे ।

इंग्लिस क्लब आर्सनलबाट बार्सिलोना झरेका औबामेयाङकको ११ खेलमा नौ गोल हो । जितपछि बार्सिलोना ६३ अंकसहित सेभियालाई पछि पार्दै  दोस्रो स्थानमा उक्लिएको छ । रियल सोसिडाड तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानमा रियल मड्रिड रहेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस