Techie IT
×
गृहपृष्ठखेलकुदरुसले फिर्ता लियो प्रतिबन्धविरुद्धको अपिल

रुसले फिर्ता लियो प्रतिबन्धविरुद्धको अपिल


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लिएको छ । रसियन फुटबल फेडेरेसनले प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएको हो । युक्रेनमा आक्रमण गरेपछि फिफाले रुसमाथि प्रतिबन्ध गरेको थियो ।

फिफाको प्रतिबन्धसँगै रुसले विश्वकपबाट बाहिरिएको थियो । पोल्याण्डविरुद्धको प्ले अफ खेलमा रुस प्रतिबन्धमा पर्दा पोल्यान्ड विश्वकपमा छनोट भएको थियो । रुसले फिफाको प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएपनि अन्य खेलकुद प्रतियोगिताहरूबाट प्रतिबन्धको अपिल भने फिर्ता लिएको छैन् ।

युरोपेली क्लबको प्रतियोगितामा सहभागिता जनाउने विषयमा भने रुसले अपिल गरेको छ । ​यूईएफएले रुसी महिला राष्ट्रिय टोलीलाई इङ्ल्यान्डमा हुने युरो २०२२ मा प्रतिस्पर्धा गर्नबाट पनि प्रतिबन्ध लगाएको छ । अन्य देशहरुले रसियाविरुद्ध खेल्न नमानेपछि रसियालाई प्रतिबन्ध लगाएको हो । रुसले अन्तर्राष्ट्रिय जिम्न्यास्टिक, रग्बी, रोइङ् र स्केटिङ प्रतियोगिताहरुबाट आफ्नो प्रतिबन्ध खारेज गर्न अपील गरेको छ ।बीबीसी


क्याटेगोरी : खेलकुद
ट्याग : #रसियन फुटबल फेडेरेसन

तपाईको प्रतिक्रिया दिनुहोस