Techie IT
×
गृहपृष्ठखेलकुदकतार विश्वकप ड्र सार्वजनिक : स्पेन र जर्मनी एकै समूहमा

कतार विश्वकप ड्र सार्वजनिक : स्पेन र जर्मनी एकै समूहमा


काठमाडौँ-कतारमा हुने फिफा विश्वकप २०२२ को ड्र सार्वजनिक भएको छ । शुक्रबार दोहामा एक कार्यक्रमको बीच विश्वकपको समूह चरणको समूह विभाजन सार्वजनिक गरिएको हो ।

विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा – कतार, इक्वेडर, नेदरल्यान्ड्स र सेनेगल रहेका छन् भने समूह बीमा इंग्ल्यान्ड, इरान, अमेरिका, युरोपेली प्लेअफको विजेता (वेल्स/युक्रेन/स्कटल्यान्ड) छन् ।

त्यस्तै, समूह सीमा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड रहेका छन् भने समूह डीमा फ्रान्स, डेनमार्क, ट्युनिसिया, प्लेअफ १ को विजेता (अष्ट्रेलिया/युएई/पेरु)ले प्रतिस्पर्धा गर्नेछन् । समूह ईमा स्पेन, जर्मनी, जापान र प्लेअफ २ विजेता (कोस्टारिका/न्युजिल्यान्ड) रहेका छन् जुन समूहलाई बलियो मानिएको छ ।

त्यस्तै, समूह एफमा बेल्जियम, मोरक्को, क्रोएसिया र क्यानडा रहँदा ब्राजिल, सर्बिया, क्यामरुन र स्विटजरल्यान्ड समूह जीमा अटाएका छन् । अन्त्यमा, समूह एचमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन् ।

विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारका विभिन्न सहरहरुमा आयोजना हुँदैछ ।उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष २ टोलीले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #कतार विश्वकप

तपाईको प्रतिक्रिया दिनुहोस