Techie IT
×
गृहपृष्ठखेलकुदकरण केसीको ह्याट्रिकसहित नेपाल फाइनलमा प्रवेश

करण केसीको ह्याट्रिकसहित नेपाल फाइनलमा प्रवेश


काठमाडौं -नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहिबार आफ्नो तेस्रो खेलमा पाहुना टोली पपुवा न्युगिनीलाई ३७ रनले पराजित गर्दै नेपालमा फाइनलमा प्रवेश गरेको हो ।

टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०४ रनको विशाल पछ्याएको पपुवा न्युगिनी १९।४ ओभरमा १० विकेट गुमाउँदै १६६ रनमा समेटियो ।

पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले अर्धशतकिय पारी खेले । उनले ४७ बलमा ९ चौकाको मद्दतमा ६२ रनको योगदान गरे । ओपनरद्वय असाद भाला र लेगा सियाकाले समान एकएक रन बनाए । टोनी उराले ४३ रन बनाउँदा सेसे बाउले २५ रन, नर्मन भनुआले १७ रन, रिले हेकुरेले ६ रन, चाड सोपरले २ रन जोडे ।साइमन अताई शून्यमै आउट भए ।

नेपालका लागि करन केसीले कीर्तिमानी ह्याट्रिकसहित पाँच विकेट लिए । करणले २० औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए । तेस्रो बलमा शिमोन आतीलाई बोल्ड गरे । चौथो बलमा नैसान पोकनालाई मिडअफमा दीपेन्द्रबाट क्याच गराउँदै नेपालबाट पाँच विकेट लिने र ह्याट्रिक गर्ने दुबै पहिलो खेलाडी बनेका छन् ।

यस्तै, सोमपाल कामी र अविनाश बोहराले समान दुईरदुई विकेट लिए । कप्तान सन्दिप लामिछानेको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी इंनिङ्सको योगदान दिए । उनले बलमा ४ छक्का र ३ चौकाको मदतमा सर्वाधिक ६६ रन जोडे । त्यस्तै, ओपनरद्वय कुशल भुर्तेल १७ रन तथा आसिफ शेख ३८ रनमा आउट भए । त्यसपछि मध्यक्रम सम्हालेका रोहित पौडेलले ४१ रन बनाए । साथै आजै नेपाली सिनियर टोलीमा डेब्यू गरेका आदिल अन्सारीले ३१ रन जोडे । उनले एकै ओभरमा ३२ रन जोडे । उनले नो बलमै ७ रन जोडेका थिए ।

बलिङतर्फ पीएनजीका कबुवा मोरेले ३ विकेट लिँदा रिले हेकुरेले २ विकेट लिए । त्यस्तै, नर्मन भनुआ र नौसेन पोकनाले समान एकरएक विकेट लिए ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई नै १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #टी–२० सिरिज

तपाईको प्रतिक्रिया दिनुहोस