Techie IT
×
गृहपृष्ठखेलकुदफ्रान्स र स्पेनको सानदार जित

फ्रान्स र स्पेनको सानदार जित


काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राति विश्वका महारथी राष्ट्र फ्रान्स र स्पेनले सानदार जित निकालेका छन् । फ्रान्सले दक्षिण अफ्रिकामाथि ५–० अन्तरको फराकिलो जित निकाल्यो ।

फ्रान्सको एकपक्षीय जितमा युवा स्टार केलियन एमबाप्पेको दुई तथा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल गरे ।

यस्तै अर्को खेलमा स्पेनले आइसल्यान्डमाथि ५–० अन्तरको विशाल जित निकाल्यो । स्पेनको जितमा अल्भारो मोराटा र पाब्लो सारावियाले समान दुई गोल गरे भने यारेमी पिनोले एक गोल गरे ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस