Techie IT
×
गृहपृष्ठखेलकुदत्रिदेशीय टी-२० क्रिकेट : पपुवा न्युगिनीमाथि नेपालको रोमाञ्चक जित

त्रिदेशीय टी-२० क्रिकेट : पपुवा न्युगिनीमाथि नेपालको रोमाञ्चक जित


काठमाडौं- त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पाहुना टोली पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.२ ओभरमा १० विकेट गुमाउँदै १६८ रनमा समेटियो ।

पपुवा न्युगिनीका नर्मन भनुवाले अर्धशतकिय पारी खेले । उनले ५ चौका र ४ छक्काको मद्दतमा ५२ रन जोडे । सेसे बाउले ३० रनको योगदान गरे । ओपनरद्वय टोनी उरा र लेगा सियाकाले क्रमशस् ५ र २१ रन बनाउँदा कप्तान असाद भाला ७ रनमै आउट भए ।

यस्तै, चाल्र्स अमिनीले २२, रिले हेकुरेले ३, चाड सुपरले १३ रन जोडे । अलि नाओ, सिमोन अटेई र जासोन किला शून्यमै आउट भए ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र करन केसीले तीनरतीन विकेट लिए । अविनाश बोहराले दुई विकेट लिँदा सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । नेपालका लागि राम्रो सुरुवात गरेका ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भएपछि अर्का ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन जोडे ।

त्यस्तै, रोहितकुमार पौडेलले ३४ रन तथा आरिफ शेखले ३१ रन बनाउँदा करण केसी १४ रन र कुशल मल्लले ११ रन, लोकेश बामले ५ रन, करन केसीले १४ रन बनाए । सन्दिप लामिछाने र सोमपाल कामीले समान एकरएक रन बनाउँदा अविनाश बोहरा शून्यमै नट आउट रहे ।

बलिङतर्फ पिएनजीका चार्ल्स अमिनि, अलि नाओ र चाड सुपरले समान २/२ विकेट लिए । त्यस्तै, नर्मन भनुवा र रिले हेकुरेको नाममा समान एकरएक विकेट रह्यो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #टी–ट्वान्टी

तपाईको प्रतिक्रिया दिनुहोस