Techie IT
×
गृहपृष्ठखेलकुदआज पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल

आज पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल


त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेल सोमबार नेपालले पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ।

सिरिजको पहिलो खेल नेपालले पीएनजीसँग दिउँसो साढे १२ बजेबाट खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पीएनजीसँग खेल्न लागेको हो।

सिरिजको दोस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ। सिरिजका तीन टोलीमध्ये नेपाल आईसीसी वरियतालाई हेर्दा बलियो देखिन्छ।


क्याटेगोरी : खेलकुद
ट्याग : #टी–ट्वान्टी

तपाईको प्रतिक्रिया दिनुहोस