गृहपृष्ठ ∕ खेलकुद ∕ पारस दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी पारस दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी दीप संञ्चार चैत्र ८, २०७८ गते २१:०१ मा प्रकाशित नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधिसुन्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारसले यस्तो अनुपम सफलता हासिल गरेका हुन् ।मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको थियो । जहाँ अन्य विभिन्न विधाका खेलकर्मीसँगै दशकको उत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षक सम्मानित भएका थिए ।मंगलबार प्रज्ञा भवनमा भएको नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड कार्यक्रममा पछिल्लो दशक नेपाली क्रिकेटमा एक छत्र राज गरेका पारस सम्मानित भए । उनी यसअघि एक पटक युवा विधासमेत गरी अवार्डमा पाँच पटक वर्षको उत्कृष्ट खेलाडी घोषित भइसकेका थिए ।नेपाली क्रिकेटलाई विश्व क्रिकेट लिग डिभिजन पाँच बाट चार, तीन र दुई हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनमा पारसको व्यक्तिगत प्रदर्शन तथा नेतृत्वदायी भूमिका महत्त्वपूर्ण थियो ।सन् २०१३ मा युएईमा भएको एसिसी ट्रफी जिताउन सफल कप्तान पारसले लगत्तैको वर्ष नेपाललाई पहिलो र अहिलेसम्मकै एकमात्र ट्वान्टी २० विश्वकप सम्म पुर्याउँदा सफल नेतृत्व गरेका थिए । सन् २०१८ मा नेपाललाई एकदिवसिय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनु पारस अनि नेपाली क्रिकेटको अनुपम सफलतामा पर्छ ।क्याटेगोरी : खेलकुदट्याग : #पारस खड्का तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने