Techie IT
×
गृहपृष्ठखेलकुदविश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को-को बाहिरिए ?

विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को-को बाहिरिए ?


काठमाडौँ -आइसिसी टि२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ । क्यानका अनुसार सन्दीप लामिछानेको कप्तानीमा अन्तिम १४ सदस्य टोली घोषणा भएको हो ।

टोलीबाट युवा स्टार अलराउन्डर कुशल मल्ल, ओपनर प्रदीप ऐरी र स्पिनर साहब आलम भने बाहिरिएका छन् । उनीहरुले यसअघि ओमानमै सोमबार सम्पन्न चारदेशीय टी-२० सिरिजमा भने खेल्ने अवसर पाएका थिए । त्यस्तै, ब्याक इन्जुरीका कारण तीव्र गतिका बलर करण केसी पनि बाहिरिएका छन् । उनको स्थानमा गुल्शन झा समेटिएका छन् ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा ।

नेपालले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित क्यानडा, ओमान र फिलिपिन्स छन् ।समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। नेपालले ६ फागुनमा आयोजक ओमान, ७ फागुनमा फिलिपिन्स र ९ फागुनमा क्यानडाविरुद्ध खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #आइसिसी टि२० विश्वकप

तपाईको प्रतिक्रिया दिनुहोस