Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठखेलकुदएथ्लेटिको क्लब फाइनलमा

एथ्लेटिको क्लब फाइनलमा


एजेन्सी -एट्लेटिकोलाई पराजित गर्दै एथ्लेटिको क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति साउदी अरबमा भएको खेलमा २-१ गोलले पराजित गर्दै एथ्लेटिकोले उपाधिका लागि रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।

 

एथ्लेटिकोका गोलरक्षक उनई सिमोनले आफ्नौ पोष्टमा गोल गरेपछि ६२औँ मिनेटमा एट्लेटिकोले अग्रता बनायो । तर, ७७औँ मिनेटमा अल्भारेज र ८१औँ मिनेटमा निको विलियम्सको गोलसँगै एथ्लेटिको खेलमा फर्कियो ।

खेलको इन्जुरी समयमा मारिया गिमिनेजले रातो कार्ड सामना गरेपछि एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो । यसअघि बार्सिलोनालाई ३-२ ले पराजित गर्दै रियल मड्रिड फाइनल यात्रा तय गरिसकेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस