Techie IT
×
गृहपृष्ठखेलकुदरोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी

रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी


काठमाडौँ

स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोको पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले रेलिगेशन जोनमा रहेको नर्विचलाई १-० अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोले ७५औँ मिनेटमा पेनाल्टीमा गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अन्य अवसर बनाए पनि सदूपयोग गर्न सकेनन् ।

शनिबार राति नै घरेलु मैदान लण्डनमा भएको खेलमा आर्सनलले साउथह्याप्टनलाई ३-० अन्तरले पराजित गर्‍यो । आर्सनलको सहज जितमा एलेक्जेण्डर लाकाजेट, मार्टिन ओडोगार्ड र ग्राबियल मागलहाएसले १र १ गोल गरे ।

खेलको २१औँ मिनेटमा लाकाजेटले अग्रता बनाउँदा २७औँ मिनेटमा मार्टिनले अग्रता दोब्बर बनाए । ६२औँ मिनेटमा ग्राबियलले गोल गर्दा आर्सनल सहज स्थितिमा पुग्यो ।

जितसँगै युनाईटेड १६ खेलबाट २७ अंक बनाएर पाँचौ स्थानमा छ । पराजित नर्विच भने १० अंक जोड्दै पुछारमा छ । अर्को खेलमा सहज जित पाएको आर्सनल २६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस