गृहपृष्ठ ∕ खेलकुद ∕ रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी दीप संञ्चार मंसीर २६, २०७८ गते ८:२४ मा प्रकाशित काठमाडौँ स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोको पेनाल्टी गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ ।शनिबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले रेलिगेशन जोनमा रहेको नर्विचलाई १-० अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोले ७५औँ मिनेटमा पेनाल्टीमा गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अन्य अवसर बनाए पनि सदूपयोग गर्न सकेनन् ।शनिबार राति नै घरेलु मैदान लण्डनमा भएको खेलमा आर्सनलले साउथह्याप्टनलाई ३-० अन्तरले पराजित गर्यो । आर्सनलको सहज जितमा एलेक्जेण्डर लाकाजेट, मार्टिन ओडोगार्ड र ग्राबियल मागलहाएसले १र १ गोल गरे ।खेलको २१औँ मिनेटमा लाकाजेटले अग्रता बनाउँदा २७औँ मिनेटमा मार्टिनले अग्रता दोब्बर बनाए । ६२औँ मिनेटमा ग्राबियलले गोल गर्दा आर्सनल सहज स्थितिमा पुग्यो ।जितसँगै युनाईटेड १६ खेलबाट २७ अंक बनाएर पाँचौ स्थानमा छ । पराजित नर्विच भने १० अंक जोड्दै पुछारमा छ । अर्को खेलमा सहज जित पाएको आर्सनल २६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप