Techie IT
×
गृहपृष्ठखेलकुदमेस्सी र एम्बाप्पे चम्किँदा पीएसजीकाे जित

मेस्सी र एम्बाप्पे चम्किँदा पीएसजीकाे जित


काठमाडौँ

स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा प्रभावशाली जित निकालेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको समूह ‘ए’ को खेलमा पीएसजीले क्लब ब्रुगलाई ४–१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको दोस्रो मिनेटमा पीएसजीले एमबाप्पेको गोलमा अग्रता लियो । ७ मिनेटमा एन्जल डी मारियाको पास एमबाप्पेले भलीमार्फत दोहोरो अग्रता बनाए ।

खेलको ३७औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए । ६७औँ मिनेटमा माट्स रिट्सले गोल गर्दै ब्रुगलाई ३–१ को अवस्थामा झारे ।

तर ७६औँ मिनेटमा आफैंलाई फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दे मेस्सीले टोलीलाई ४–१ को जित दिलाए ।

यसै समूहको अर्को खेलमा म्यानचेष्टर सिटी आरबी लाईपजिगसँग २–१ ले पराजित भयो ।

पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हार सहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । सिटी १२ अंकसहित शीर्ष स्थानमा रहँदा ७ अंक बनाएको आरबी लाईपजिग र ४ अंक बनाएको क्लब ब्रुग समूह चरणबाटै बाहिर रहे ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस