Techie IT
×
गृहपृष्ठखेलकुदएथ्लेटिको बिल्वावोविरुद्ध रियल मड्रिड विजयी

एथ्लेटिको बिल्वावोविरुद्ध रियल मड्रिड विजयी


काठमाडौँ

ला लिगा फुटबलमा एथ्लेटिको बिल्वावोविरुद्ध रियल मड्रिड विजयी भएको छ। कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ।

बुधबार राति घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्वावोविरुद्ध १–० अन्तरको जित निकालेको हो । बेन्जेमाले पहिलो हाफको ४०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै रियलको १५ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस