गृहपृष्ठ ∕ खेलकुद ∕ कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता दीप संञ्चार मंसीर १, २०७८ गते २०:०२ मा प्रकाशित दोहा – नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।बुधबार कतारलाई ६१ रनले पराजित गर्दै नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हात पारेको हो ।दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित ओभरको तीन बल बाँकी छँदा सबै विकेट गुमाउदै ६८ रनमै समेटियो ।कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोड्दा केरी पोनसेटले १५ रन जोडिन् । अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले र समान एक–एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ५० रन बनाइन् । ४८ बलमा रुबिनाले तीन चौका र एक छक्का प्रहार गरिन् ।यस्तै ओपनर ब्याटर कविता कुँवरले ३० बलमा ३१ रनको योगदान दिइन् भने अप्सिरी बेगमले अविजित २३ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् । नेपालकी डली भट्ट शून्य रनमा आउट भएकी थिइन् ।कतारको लागि एन्जिलीन मारेले दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी मारेले २८ रन खर्चिएकी थिइन् । यस्तै एलिना खान, सबिजा पानायन र साची ढड्वालले एकरएक विकेट लिए ।यसअघि तीन अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप