Techie IT
×
गृहपृष्ठखेलकुदकतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता

कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता


दोहा – नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।बुधबार कतारलाई ६१ रनले पराजित गर्दै नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हात पारेको हो ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित ओभरको तीन बल बाँकी छँदा सबै विकेट गुमाउदै ६८ रनमै समेटियो ।

कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोड्दा केरी पोनसेटले १५ रन जोडिन् । अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले र समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ५० रन बनाइन् । ४८ बलमा रुबिनाले तीन चौका र एक छक्का प्रहार गरिन् ।

यस्तै ओपनर ब्याटर कविता कुँवरले ३० बलमा ३१ रनको योगदान दिइन् भने अप्सिरी बेगमले अविजित २३ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् । नेपालकी डली भट्ट शून्य रनमा आउट भएकी थिइन् ।

कतारको लागि एन्जिलीन मारेले दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी मारेले २८ रन खर्चिएकी थिइन् । यस्तै एलिना खान, सबिजा पानायन र साची ढड्वालले एकरएक विकेट लिए ।

यसअघि तीन अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस