गृहपृष्ठ ∕ खेलकुद ∕ कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलता दीप संञ्चार मंसीर १, २०७८ गते २०:०२ मा प्रकाशित दोहा – नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।बुधबार कतारलाई ६१ रनले पराजित गर्दै नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हात पारेको हो ।दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित ओभरको तीन बल बाँकी छँदा सबै विकेट गुमाउदै ६८ रनमै समेटियो ।कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोड्दा केरी पोनसेटले १५ रन जोडिन् । अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले र समान एक–एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ५० रन बनाइन् । ४८ बलमा रुबिनाले तीन चौका र एक छक्का प्रहार गरिन् ।यस्तै ओपनर ब्याटर कविता कुँवरले ३० बलमा ३१ रनको योगदान दिइन् भने अप्सिरी बेगमले अविजित २३ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् । नेपालकी डली भट्ट शून्य रनमा आउट भएकी थिइन् ।कतारको लागि एन्जिलीन मारेले दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी मारेले २८ रन खर्चिएकी थिइन् । यस्तै एलिना खान, सबिजा पानायन र साची ढड्वालले एकरएक विकेट लिए ।यसअघि तीन अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट