गृहपृष्ठ ∕ खेलकुद ∕ टी–२० विश्वकप क्रिकेट : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा टी–२० विश्वकप क्रिकेट : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा दीप संञ्चार कात्तिक २६, २०७८ गते ७:११ मा प्रकाशित काठमाडौँ –पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराएको हो।पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै ६ बल अगावै भेट्टायो। अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो। म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए।अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए। डेबिड वार्नरले ४९ रनको योगदान दिए।पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए। अन्य बलरले शानदार प्रदर्शन गर्न सकेनन्। पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभ।मा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो।पाकिस्तानका लागि मोमम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए। उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। कप्तान बाबर अजामले ३४ बलमा ३९ रनको योगदान दिए।अर्का ब्याट्सम्यान फखर जामनले आक्रामक ब्याटिङ गर्दै अविजित ५५ रन बनाए। उनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।बलिङमा अष्ट्रेलियाका मिचेल स्कार्टले २, प्याट क्युमिन्स र आडम जम्पाले समान एक–एक विकेट लिए। अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ। न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पारजित गर्दै फाइनलको यात्रा गरेको थियो।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)