गृहपृष्ठ ∕ खेलकुद ∕ टी–२० विश्वकप क्रिकेट : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा टी–२० विश्वकप क्रिकेट : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा दीप संञ्चार कात्तिक २६, २०७८ गते ७:११ मा प्रकाशित काठमाडौँ –पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराएको हो।पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै ६ बल अगावै भेट्टायो। अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो। म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए।अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए। डेबिड वार्नरले ४९ रनको योगदान दिए।पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए। अन्य बलरले शानदार प्रदर्शन गर्न सकेनन्। पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभ।मा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो।पाकिस्तानका लागि मोमम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए। उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। कप्तान बाबर अजामले ३४ बलमा ३९ रनको योगदान दिए।अर्का ब्याट्सम्यान फखर जामनले आक्रामक ब्याटिङ गर्दै अविजित ५५ रन बनाए। उनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।बलिङमा अष्ट्रेलियाका मिचेल स्कार्टले २, प्याट क्युमिन्स र आडम जम्पाले समान एक–एक विकेट लिए। अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ। न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पारजित गर्दै फाइनलको यात्रा गरेको थियो।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट