Techie IT
×
गृहपृष्ठखेलकुदअन्तिम खेलमा नेपाल लेबनानसँग पराजित

अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित


काठमाडौँ –

एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल जित विहीन र गोल विहीन बनेको छ ।

प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा लेभलानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १ गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो ।

लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे ।

यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन ।

नेपाल जित विहीन रहँदै घर फर्किएको छ । समूह बी को नेपालले अंक जोड्न सकेन ।

नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजकिस्तानसँग ६(० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

छनोटको समूह बी मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान २ खेलबाट ६ अंक रहेको छ ।

नेपाली २३ टोली-

गोलरक्षक-अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर-सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक विष्ट

स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजीव लोप्चन

 


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस