गृहपृष्ठ ∕ खेलकुद ∕ टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध नामिबिया विजयी टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध नामिबिया विजयी दीप संञ्चार कात्तिक ११, २०७८ गते ७:३१ मा प्रकाशित काठमाडौँ –आइसिसि टी–२० विश्वकप अन्तर्गतकोे खेलमा नामिबियाले स्कटल्यान्डलाई पराजित गरेको छ। सुपर १२ को समूह बी मा रहेको नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको हो।स्कटल्याण्डले दिएको १ सय १० रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १९।१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नामिबियाको जितमा जेजे स्मितले २३ बलमा २ चौका र २ छक्का सहित नटआउट ३२ रन जोडे। ओपनर के्रग विलियम्सले २३ र माइकल भ्यान लिङ्गेन १८ रन बनाए।पूर्व दक्षिण अफ्रिकी क्रिकेटर डेविड विसेले १६, किकेटकिपर जीन ग्रिनले ९ र गेहरार्ड इरास्म ४ रन बनाए। स्टकल्यान्डका माइकल लिस्कले सर्वाधिक २ विकेट लिए।त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो। स्कटल्यान्डका माइकल लिस्कले २७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए।क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रनमा आउट भए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नामिबिया रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले १–१ विकेट लिए।नामिबिया सुपर १२ को समूह बी मा २ अंकका साथ तेस्रो स्थानमा छ। नामिबियाले अव आइतबार अफगानिस्तानसँग खेल्नेछ। २ खेलमा अंक बिहीन हुँदै पुछारमा रहेको स्कटल्यान्डले तेस्रो खेल बुधबार न्युजिल्यान्डसँग खेल्नेछ। नामिबियाले पहिलो पटक टी–२० विश्वकप खेलेको हो।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति