गृहपृष्ठ ∕ खेलकुद ∕ पाकिस्तानले रच्यो इतिहास, भारतको लज्जास्पद हार पाकिस्तानले रच्यो इतिहास, भारतको लज्जास्पद हार दीप संञ्चार कात्तिक ८, २०७८ गते ७:१२ मा प्रकाशित काठमाडौँ –टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो ।१५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र कप्तान बबर अजामले १५२ रनको कीर्तिमानी साझेदारी गरे ।५५ बल खेलेका रिजवानले सर्वाधिक ७९ रन बनाए । यस्तै ५२ बल खेलका कप्तान अजामले ६८ रनको योगदान गरे । पाकिस्तानविरुद्ध बलिङ गरेका भारतका कुनै पनि बलर सफल हुन सकेनन् ।टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । यस्तै विकेट किपर रिसब पन्तले ३९ रनको योगदान गरेका थिए । भारतका ओपनर रोहित शर्मा शून्य रनमा आउट भएका थिए ।टस जितेर फिल्डिङ गरेको पाकिस्तानका लागि शहीद शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अफ्रिदीले ३१ रन बनाएका थिए । यस्तै हसन अलीले दुई विकेट हात पारे ।जितसँगै सुखद् सुरुआत गरेको पाकिस्तानले महत्वपूर्ण २ अंक हासिल गरेको छ । पाकिस्तानले विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतलाई हराएको यो पहिलो पटक हो ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै