Techie IT
×
गृहपृष्ठखेलकुदक्रिकेटर सन्दीप लामिछानेलाई इपिएलले तिरायो जरिवाना

क्रिकेटर सन्दीप लामिछानेलाई इपिएलले तिरायो जरिवाना


क्रिकेटर सन्दिप लामिछानेलाई इपिएलले जरिवाना तिराएको छ।

‘स्लो ओभर रेट’ का कारण क्रिकेटर सन्दीप लामिछाने जरिवानामा परेका छन्। क्रिकेटर लामिछानेलाई एभरेष्ट प्रिमियर लिग ९ईपीएल० ले जरिवाना गरेको हो । काठमाडौँ किंग्स ११ का कप्तानका खेलेका उनलाई चितवन टाइगर्सविरुद्ध खेलमा ‘स्लो ओभर रेट’ का कारण १० प्रतिशत ‘म्याच फि’ जरिवाना गरिएको बताइएको छ ।

म्याच रेफ्री मोहम्द शफिकलेउक्त जरिवाना तोकेका हुन् । त्यस्तै बाँकी खेलाडीहरूलाई पनि ‘म्याच फी’ को २ प्रतिशत जरिवाना गरिएको छ । जारी प्रतियोगितामा स्लो ओभर रेटका कारण कारबाही पर्ने सन्दीप पहिलो कप्तान हुन्।

बिहीबारको खेलमा काठमाडौँ चितवनसँग ३ विकेटले पराजित भएको थियो । सन्दीप लामिछानेले ईपीएलमा पहिलो पटक कप्तानी गरेका हुन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस