गृहपृष्ठ ∕ खेलकुद ∕ नेपालविरुद्ध मैदानमा उत्रिदै यी नेपाली चेली नेपालविरुद्ध मैदानमा उत्रिदै यी नेपाली चेली दीप संञ्चार असोज ५, २०७८ गते १४:२५ मा प्रकाशित काठमाडौँ –एएफसी एसियन महिला कपको छनोटमा नेपाली मुलकी स्नेहा लिम्बुले आज नेपाल विरुद्ध नै खेल्ने भएकी छिन् ।उज्वेकिस्तानमा जारी प्रतियोगितामाको दोस्रो खेलमा नेपालले आज दिउसो ३ः४५ बजे हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।हङकङमा जन्मेकी नेपाली छोरी स्नेहाले ८ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी थिइन् । १६ वर्षे स्नेहाले हङकङको राष्ट्रिय टोलीबाट एक खेल खेल्दै एक गोल गरेकी छिन् ।गत मार्च चारमा टर्कीस वुमेन्स कपअन्तर्गत रोमानियाविरुद्धको खेलबाट हङकङको राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी उनले त्यही खेलमा अन्तर्राष्ट्रिय गोलको खाता खोलेकी थिइन । उक्त खेलमा हङकङ ४/१ को नतिजामा पराजित भएको थियो ।केही वर्षअघि साउथ चाइना मर्निङ पोस्टले स्नेहालाई ब्राजिली सुपरस्टार नेइमारसँग दाँज्दै लेख प्रकाशित गरेको थियो । उक्त समाचारमा हङकङको महिला फुटबलमा स्नेहाको उपस्थिती नेइमारको जस्तै भनेर तुलना गरिएको थियो ।अर्को वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुने लक्ष्य राखेको नेपालले आज बलियो प्रतिद्वन्द्वी हङकङ लाई हराउनै पर्ने छ ।समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेल फिलिपिन्ससँग खेलेको थियो । शनिबार भएको उक्त खेलमा नेपाल २/१ को नतिजामा पराजित भएको थियो ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप