गृहपृष्ठ ∕ खेलकुद ∕ नेपालविरुद्ध मैदानमा उत्रिदै यी नेपाली चेली नेपालविरुद्ध मैदानमा उत्रिदै यी नेपाली चेली दीप संञ्चार असोज ५, २०७८ गते १४:२५ मा प्रकाशित काठमाडौँ –एएफसी एसियन महिला कपको छनोटमा नेपाली मुलकी स्नेहा लिम्बुले आज नेपाल विरुद्ध नै खेल्ने भएकी छिन् ।उज्वेकिस्तानमा जारी प्रतियोगितामाको दोस्रो खेलमा नेपालले आज दिउसो ३ः४५ बजे हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।हङकङमा जन्मेकी नेपाली छोरी स्नेहाले ८ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी थिइन् । १६ वर्षे स्नेहाले हङकङको राष्ट्रिय टोलीबाट एक खेल खेल्दै एक गोल गरेकी छिन् ।गत मार्च चारमा टर्कीस वुमेन्स कपअन्तर्गत रोमानियाविरुद्धको खेलबाट हङकङको राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी उनले त्यही खेलमा अन्तर्राष्ट्रिय गोलको खाता खोलेकी थिइन । उक्त खेलमा हङकङ ४/१ को नतिजामा पराजित भएको थियो ।केही वर्षअघि साउथ चाइना मर्निङ पोस्टले स्नेहालाई ब्राजिली सुपरस्टार नेइमारसँग दाँज्दै लेख प्रकाशित गरेको थियो । उक्त समाचारमा हङकङको महिला फुटबलमा स्नेहाको उपस्थिती नेइमारको जस्तै भनेर तुलना गरिएको थियो ।अर्को वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुने लक्ष्य राखेको नेपालले आज बलियो प्रतिद्वन्द्वी हङकङ लाई हराउनै पर्ने छ ।समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेल फिलिपिन्ससँग खेलेको थियो । शनिबार भएको उक्त खेलमा नेपाल २/१ को नतिजामा पराजित भएको थियो ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट