गृहपृष्ठ ∕ खेलकुद ∕ पपुवा न्यूगिनीविरुद्ध नेपालको रोमाञ्जक जित पपुवा न्यूगिनीविरुद्ध नेपालको रोमाञ्जक जित दीप संञ्चार भदौ २२, २०७८ गते २०:३१ मा प्रकाशित काठमाडौँ –एकदिवसीय क्रिकेट खेलमा नेपालले र पपुवा न्यूगिनीलाई पराजित गरेको छ। मंगलबार भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ विकेटले हराएको हो।पिएनजीले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले ३९।३ ओभारमा ८ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि रोहित पौडेलले ४१ रन बनाए भने सोमपाल कामीले २२ रनको योगदान दिए। त्यस्तै आशिफ शेखले ३० रन, कुशल भुर्तेलले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।बलिङतर्फ पिएनजीका गउडी टोकाले ३ विकेट, चाड सोपरले र ड्यामियन रभुले समान २–२ विकेट लिए भने नोसैना पोकनाले एक विकेट लिए।त्यसअघि पहिले ब्याटिङ गरेको पिएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो। उसका लागि लेगा सियकाले सर्वाधिक ३० रन बनाए। त्यस्तै चार्लेस अमिनीले २३ तथा गउडी टोकाले २२ रन बनाए।नेपालको बलिङमा सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिएका थिए। त्यस्तै बिक्रम सोब र कुशल मल्लले २–२ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल