Techie IT
×
गृहपृष्ठखेलकुदआज राति अर्जेन्टिना र ब्राजिलबीच महाभिडन्त : यस्तो छ सम्भावित प्लेइङ ११ र हेड टु हेड

आज राति अर्जेन्टिना र ब्राजिलबीच महाभिडन्त : यस्तो छ सम्भावित प्लेइङ ११ र हेड टु हेड


दक्षिण अमेरिकाको विश्वकप छनोट अन्तर्गत आइतबार राति ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आइतबार राति (सोमबार बिहान) १२ः४५ बजे शुरु हुनेछ।

उक्त खेलमा ब्राजिल कोपा अमेरिकाको फाइनलमा बेहोरेको हारको बदला लिने दाउमा हुनेछ। अर्जेन्टिना ब्राजिललाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानलाई मजबुत गराउने दाउमा हुनेछ।

ब्राजिलको सम्भावित प्लेइङ ११ :

विभर्टन, ड्यानिलो, मिलिटायो, मार्क्वीनस्, सान्द्रो, रिबेइरो, क्यासेमिरो, गुइमारेइस, भिनिसियस, बार्बोसा, नेयमार

अर्जेन्टिनाको सम्भावित प्लेइङ ११ :

इ मार्टिनेज, मोलिना, पेजेला, ओटामेण्डी, अकुना, डि पाउल, रोड्रिगेज, लो सेल्सो, डि मारिया, मेसी, एल मार्टिनेज

हालसम्म को बलियो ?

ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म १ सय १२ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये ४६ खेलमा ब्राजिल विजयी भएको छ भने ४१ खेलमा अर्जेन्टिना विजयी भएको छ। दुई टोलीबीचको २५ खेल बराबरीमा सकिएको छ।

अर्जेन्टिना र ब्राजिलबीच पछिल्लो पटक यसै वर्षको जुलाईमा कोपा अमेरिकाको फाइनल खेलमा भेट भएको थियो। सो खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो।

हाल तालिकामा ब्राजिल ७ खेलबाट २१ अंकका साथ शीर्षस्थानमा छ। अर्जेन्टिना समान खेलबाट १५ अंकका साथ दोस्रो स्थानमा छ। इक्वीडर १२ अंकका साथ तेस्रो स्थानमा छ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस