Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठखेलकुदनेपाल र भारतले बराबरी खेले

नेपाल र भारतले बराबरी खेले


काठमाडौँ – नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो ।

दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए ।

५१ सयको हाराहारीमा दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएका थिए । नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।

 


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस