Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविशेष रिपोर्टराजा ज्ञानेन्द्र नाइट क्लब पुग्दा सबैलाई सर्प्राइज, साथमा हिमानी र परिवारका सदस्यहरु पनि (भिडियो र फोटो फिचर सहित)

राजा ज्ञानेन्द्र नाइट क्लब पुग्दा सबैलाई सर्प्राइज, साथमा हिमानी र परिवारका सदस्यहरु पनि (भिडियो र फोटो फिचर सहित)


काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।

पैसा र समय दुबै हुने युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।

पूर्व राजाको उपस्थितले क्लबमा रमाउन आएका यूवाहरुले देश प्रतिको अभिभावकत्व प्राप्त भएको महसुस गरेका थिए । हसिलो र उत्साहित मुद्रामा एक यूवाले भने, “फजुल पैसा र समय सदुपयोग गर्दै अब केही राम्रो काम गरेर राष्ट्रको समृद्धिमा टेवा पुर्याउने छु ।” उनले थपे, “सरकारको उपस्थितिले हामिजस्ता यूवाहरुलाई उत्प्रेरित गरेको छ ।”

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । हिमानीले पनि राष्ट्र भावले भरिएको गुन्जिदा नाचेकी थिइन । देश र जनता प्रति निकै संवेदनशील र जिम्मेवार रहदै आएकि हिमानी आफ्ना ससुरा, नन्द र परिवारका अन्य सदस्यहरूका साथमा उपस्थित हुँदा क्लबमा झुम्ने यूवाहरु देशका लागि जिम्मेवार भएको मशुस गरेका थिए ।

यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए ।

पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस