Techie IT
×
गृहपृष्ठविशेष रिपोर्टमहोदय, अब सडकमा भैसि आहाल बसाउने ?

महोदय, अब सडकमा भैसि आहाल बसाउने ?


विहानै परदेशी ओछ्यानमा घन्टी बज्यो कहिलै नबज्ने मेरो मोबाईलमा किन यसरी एकतार घन्टी बजेछ दिन भरिको थकानले शरीर भतभति पोल्छ बेलुकी झट्टा निन्द्रा लाग्दैन शरिरको दुखाईसँगै कतिबेला आँखा चिम्लिन भ्याउदो रहेछ’ त्यही भएर होला बिहानी पखको मीठो निन्द्रामा झ्ट्टा आखाँ नखुलेको, फेरि पनि फोनको घन्टीले मेरो आखाँ खुल्यो । यसो मोबाईलको स्क्रिनमा नजर लागाउदा “माईफादर” भनेर फोन आएको रहेछ ।
एक्कासी फोन काटेर पुन यतैबाट गरे बाबासँग कुरा भयो बाबू दुई दिनदेखी पानी परेर म त नाति भेट्न जान सकिन मोटर गुड्ने बाटोमा भैसीआहाल बस्ने भएछ के गर्ने भन्ने बित्तिकै मैले जवाफ दिए होइन अस्ति भर्खर म आउदा त बाटो ग्राभेल भएको र केही समयमै पक्कि सड्क बन्ने भन्ने सुन्थे त बाँ ? मैले जवाफ फर्काएपछि बाबू खोइ ! ७ ठाँउमा त ग्राभेल भत्किएर रोडमा भैंसी आहाल बस्ने जस्तो भाछ बाँको जवाफसँगै फोन काटियो ।
माथिको मेरो भन्नुको अर्थ मेरो त छोरोको परीक्षा रोकियो या त पैदाल गयो र दियो पुरा भयो तर मेरो जस्तै विभिन्न समस्यामा परेका विमारीहरूलाई अब कसरी लाने यसको जवाफ कस्ले दिने ?

प्रायः नेकपाका सदस्यहरूको बाहुल्यता रहेको सडक विभागमा मन पर्दी भईरहेको स्थानीय पनि बताउछन्

तल्लाघरे साईलोदाई फेसबुकको मेसेन्जरमा मेसेज गर्छन हैनहो बाबू हो तिमी युवाहरूले बरू भने जनप्रतिनिधीहरुले मान्छन् होला हामी साह्रै विजोकमा परेउ सहज तरिकाले नत आफ्नो साधन कुदाउन पाईन्छ नत यातयातनै कुद्छ यो बाटोमा, उहाँहरूको यो शब्दले मन कट्क्क खायो जनप्रतिनिधिलाई कराउन भन्दा आफै बौलाउन मन लाग्छ अनी मनलाई शान्त पार्न बाहेक अरु केही उपाय छैन ।

जनप्रतिनिधिहरु जङ्गलका सिहं भन्दा बढी म नै ठुलो र मलाई सबैले मान्नु पर्छ भन्दै घुर्की लगायर बसेका हुन्छन

हुनपनि यसबारेमा सबै जनप्रतिनिधी मात्र गलत छन् म भन्दीन सबै भन्दा धेरै गलत त हामी स्थानीय जनताको हो हामीमा सबैभन्दा ठुलो कमजोरी छ हामीले हिजोको स्थानिय चुनावमा गलत भाषणको पछि लागेर दिएको भोटको नतिजा हो यो । र अझैपनि कतिपय साथीहरु चियापसलमा उन्कै ताली ठोकेर चियाको चुस्की लगाईरहेका छन् भने जनप्रतिनिधिहरु जङ्गलका सिहं भन्दा बढी म नै ठुलो र मलाई सबैले मान्नु पर्छ भन्दै घुर्की लगायर बसेका हुन्छन, त्यही भएर अबका दिनमा स्थानिय जनता सचेत रहन आबश्यकता छ ।

प्रदेश सरकाले दिएको बजेट सडक समितिले मनपर्दी गर्दै आफ्नै मान्छेलाई टेण्डर पार्ने र झारा टार्ने काम गरेको र रकम के कति खर्च भयो त्यसको कुनै अर्थ नरहेको स्थानीय बताउछन् ।

स्थानीयका अनुसार यो पाँचसय फाँट टुहुरे पसल कलेस्तीको सडकका लागि प्रदेश सरकार र नगरपािलकाले बजेट पनि प्रदान नगरेको होईन यसमा भानु नगरपालिकाको कुनै दोष भने देख्न सकिन्न तर स्थानीय जनप्रतिनिधिहरूको लापरवाहीले यो बाटो पक्का हुन नसकेको स्थानीयहरू पनि बताउछन् ।
प्रदेश सरकाले दिएको बजेट सडक समितिले मनपर्दी गर्दै आफ्नै मान्छेलाई टेण्डर पार्ने र झारा टार्ने काम गरेको र रकम के कति खर्च भयो त्यसको कुनै अर्थ नरहेको स्थानीय बताउछन् । गत साल सडक विभागमा नयाँ कर्मचारी पनि फेरबदल गरिएको थियो । हाल भने प्रायः नेकपाका सदस्यहरूको बाहुल्यता रहेको सडक विभागमा मन पर्दी भईरहेको स्थानीय पनि बताउछन् । हामीले केही बोल्ने हुदैन स्थानीयले थपे ।
गत साताको अविरल वर्षाले विभिन्न ठाउँ भत्किएपछि स्थानीय युवाहरूले सडकको तस्विर फेसबुकमा सेयर गर्दै विरोधसम्म गरेका थिए । तर सडक समिति भने चुप लागेर बसिरहे पनि ठेकदारले पाँचसय फाँटको सडकलाई केही सहुलियत हुने गरी डोजरले सम्याएर जनताको आखाँमा झारो टारिरहेको स्थानीय युवाहरु बताउछन् ।उनले भने कुनै कार्यक्रममा जानु हुदैन ठुलाठुला भाषणमात्र र आफूलाई ठुलो नेता सम्झन्छन् तर यिनिहरूको उच्च ठाउँमा बोल्ने हिम्मत भने कहिल्यै हुँदैन । तनहुँ जिल्लाको भानु नगरपालिका वडा ८÷७ मा रहेको यो सडक पूर्व बनमन्त्री शंकर भण्डारी, नेकपाका तनहुँ जिल्लाकी पूर्व सचिव भगवती न्यौपानेको गाउँ हो ।

नेकपाको सरकारले ग्राभेल त ग¥यो के ग¥यो सबै कच्ची काम गरेर आएको बजेटको सही सदुपयोग नगरेको हुनुपर्छ भन्नेमा कुनै दुईमत नरहेकोे एक स्थानीयले बताए ।
उनले थपे हामीलाई कुनै राजनैतिक हिसाबले हेरेका छैनौं हामी सबै भन्दा ठुलो सरकारले प्रत्येक वर्ष दिएको सडक मर्मतको बजेटलाई सही सदुपयोग गरियोस र गाउँको विकाश गरियोस भन्नेमा जोड हो , अहीले नेकपाको सरकार छ यो सबै सडकको बजेट आजसम्मको के कति खर्च भएको छ भन्ने पुरा विवरणको हिसाबकिताब जनताले अब खोज्ने छन्, त्यो भन्दा अझैै सतर्क भएर सार्वजनिक गरिदिए राम्रो हुने थियो सडक समितिलाई आग्रह समेत गरे ।
हरेक हिउँदमा गरिने विभिन्न कार्यक्रममा नेताहरुलाई स्थानीयले कार्यक्रमका अतिथिका रुपमा निम्त्याउछन् तर नेता आउछन् ५ मिनेट जनतालाई सही आस्वाशन दिदै एक समयमै यो सडक पक्की हुने बताउँदै तालि बजाएर बधाई र खादाको सम्मान खाएर/पचाएर हिड्छन जब तुरतुरे कट्छन नाक मुख देखाउदैनन् अनि हामी तिनै नेताको पछाडी गलत कार्य पनि सही हो भन्दै सही ठोक्छौ पछि लाग्छौ। हामीले राजनिति नगर्न भनेका छैनौ आफ्नो पार्टी होस यता तपाईको आफ्नो व्यक्तिगत कुरा होस् राजनिति गर्नुस , तर सही र गलत के हो त्यो पनि छुट्याउनु आबश्यक रहेको हुन्छ । तर अब जनता सचेत भइसकेका छौ,हामीलाई ठेकदार होस यात जनप्रतिनिधि सडकको हिसाव किताव चाहियो समाजिक संजाल फेसबुकमा यस्तो कार्यले वेईज्जत र दुनियालाई हाँसो भएको छ, अब तपाईहरुको हामीलाई चिन्ता छैन । केवल छ त हाम्रो प्यारो गाउँठाउँकोे भन्दै एक स्थानीय आक्रोश पोखिरहे म ट्वाल्ल परिरहे, अनि मनले भन्यो हे महान जनप्रतिनिधिहरु यि युवालाई के गर्ने ? यी युवा गलत हुन या जनप्रतिनिधि नत्र टेन्डरवाल ठेकदार जनताले जान्न चाहन्छ, र सड्कलाई पक्की कहिले बनाउने महोदय जवाफ पनि दिनुहोला ।

क्याटेगोरी : विशेष रिपोर्ट


तपाईको प्रतिक्रिया दिनुहोस