गृहपृष्ठ ∕ आर्थिक ∕ सहकारीमा आर्थिक पारदर्शीता र सुशासन हुन जरुरी छ — अध्यक्ष यादव सहकारीमा आर्थिक पारदर्शीता र सुशासन हुन जरुरी छ — अध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस २५, २०७७ गते २०:२१ मा प्रकाशित दाङ्ग—गढवा बचत तथा ऋण सहकारी संस्था गढवा को १३ औं साधरण सभा शनिवार गढवामा सम्पन्न भएको छ ।गढवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गढवा सहकारीको आधारभुत सिद्धान्तको पालना गर्दै सेवा ग्राहिहरुको मागलाई मध्यनजर गर्दै सर्व सुलभ सेवा प्रवाह गर्दै जाने शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहजराम अहिरले युवाहरुको समुहले नेतृत्व गर्दै सेवा प्रवाह गरिरहेको यस गढवा सहकारीले आउने दिनमा योजनाबद्द तरिकाले अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको बताए । साथै उनले सहकारीहरुमा आर्थिक पारदर्शीता र सुशासन कायम रहे जन विश्वास सजिलै जित्न सकिने बताए ।सहकारी को आर्थिक वर्ष २०७६÷०७८ मा २ करोड २३ लाख १ हजार ५९५ रुपैया ४८ पैसा आय ब्याय भएको आर्थिक प्रतिबेदन कोषाध्यक्ष शरण कौशलले प्रस्तुत गरेका थिए । २०६४ साल जेठ ८ गते स्थापना भएको गढवा बचत तथा ऋण सहकारी संस्थाको हाल १ हजार ९ जना शेयर सदस्य र ३० लाख २५ हजार शेयर पुजि रहेको सहकारी प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचीव फणाधर रिजालले बताए ।कार्यक्रममा पुर्व अध्यक्ष अशोक केसी, लिला सिंह ठकुरी, रोशन धिताल ,भरतराज पाण्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी उपाध्यक्ष नेत्रा खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमम को संचालन सहकारी संस्थाकी व्यवस्थापक सुलोचना चौधरीले गरेकी थिइन ।क्याटेगोरी : आर्थिक, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल