गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमहीमा लकडाउन अवज्ञा गर्ने सत्र जना पक्राउ लमहीमा लकडाउन अवज्ञा गर्ने सत्र जना पक्राउ प्रिया स्मृती गजमेर वैशाख ४, २०७७ गते ३:१४ मा प्रकाशित दाङ – वडा प्रहरी कार्यालय लमहीले लकडाउन अवज्ञा गरेको भन्दै लमही आसपासका क्षेत्र बाट सत्र जनालाई नियन्त्रणमा लिएको छ ।आज बुधवार बेलुका अनावश्यक हिडडुल गरेको भन्दै उनिहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए । अनावश्यक मोटरसाइकल लिएर बजारमा कुद्ने, ग्रुपिङमा बसेर क्यारम खेल्ने, बाटोको छेउमा बस्ने जो कहिलाई भेट्यौ भने सिधै लगेर थुन्छौ प्रहरी निरीक्षक थपलियाले भने ।हामीले पक्रेका केहि मोटरसाइकललाई उनिहरुको समस्याको भेरिफाई गरेर छोड्छौ नत्र भने लकडाउन नसकिदा सम्म छोड्ने कुरै हुदैन उनले भने । लकडाउनको आज तेईस औ दिन सम्म आइपुग्दा पनि मानिसमा चेतना आउन सकेको छैन, अब लकडाउनको समयमा जो बाहिर हिडेको देख्छौ नियन्त्रणमा लिएर कडा कारबाही गर्छौ प्रहरी निरीक्षक थपलियाले भने । नियन्त्रणमा लिएकालाई कसैको दवाब,सिफारिसमा छोड्ने कुरै हुँदैन ।सरकारको आदेशलाई पालना नगर्नेलाई कारबाही गरेरै छोडिन्छ वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक थपलियाको भनाई छ । कोरोना भाइरस नेपालको पुर्ब देखि पश्चिम् सम्म फैलिसकेकोले यो बेला घर भित्र रहन नेपाल सरकारले सबैमा आग्रह गरेको छ तर धेरै जसो ठाउँमा सरकारको आग्रहलाई अस्विकार गर्दै मानिसहरु निर्वाध हिडडुल गरिरहेका छन । हरेक दिन बिहान सरसामान किन्ने बहानामा लमही बजारमा निस्किनेलाई अब वडा प्रहरी कार्यालयले निगरानी गर्ने बताएको छ ।साथै टाढा बाट पैदल गन्तव्य तर्फ जानलाई हिडेकाहरुको लागि सफा पिउने पानीको व्यवथा गरेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न आम सर्बसाधारणलाई लकडाउनको पालना गरेर घरमै बस्न लमही नगरपालिका, देउखुरी उधोग बाणिज्य संघ, चेम्बर अफ कमर्स, वडा वडा प्रहरी कार्यालय लमही, राजनीतिक दलले आग्रह गरेका छन ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै