Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन

राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन


दाङ — विश्वव्यापी मुद्रा सप्ताह ‘ग्लोबल मनि विक – २०२३’ अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाले घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा आज एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालयमा अध्ययनरत करिव एक सयबढी विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

सबैलाई बित्तीय जानकारीको आवश्यकता र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि हरेक व्यक्तिमा वित्तीय चेतना हुनुपर्ने भन्दै विश्वव्यापी मुद्रा सप्ताह २०२३ को अवसर पारेर बैंकले विद्यार्थीलाई अभिमुुखीकरण गरेको बैंकका शाखा प्रबन्धक श्रीधर घिमिरेले जानकारी दिए ।

कार्यक्रममा घिमिरेले बैंक के हो, बैंकले के काम गर्दछ, कसरी बचत गर्ने, बचत गर्दा हुने फाइदा, बैंक खाताका प्रकारहरु, बिद्यार्थीहरुले बचत गर्ने तरिका, कसरी उद्यमशिलता विकास गर्ने, राष्ट्रिय बाणिज्य बैंकले दिने विभिन्न सेवाहरु, डिजिटल कारोबार, किन राष्ट्रिय बाणिज्य बैंकवाट कारोबार गर्ने लगायत बैंकको विविध पक्षको बारेमा बताए ।

बैंकको कर्मचारी गरिमा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि कलेज प्रमुख बामदेब लामिछाने, शिक्षक नौला बहादुर खड्का , शाखा प्रबन्धक श्रीधर घिमिरे , शाखाका कर्मचारी अङ्कित रावल लगायतले आर्थिक बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तीय साक्षरताले दिने फाइदा तथा डिजिटल कारोवार एवं बैंकिङ तथा वित्तीय क्षेत्रको बारेमा युवा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरु गरी एक सयबढीको उपस्थिति थियो भने कार्यक्रमको सहजीकरण बैंकका कर्मचारी अँकित रावलले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #Breaking News

तपाईको प्रतिक्रिया दिनुहोस