गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राष्ट्रिय जनमोर्चाको एक महिने संगठनात्मक अभियान दाङमा शुरु, आचार्यले गरे उद्घाटन राष्ट्रिय जनमोर्चाको एक महिने संगठनात्मक अभियान दाङमा शुरु, आचार्यले गरे उद्घाटन दीप संञ्चार फागुन १, २०७६ गते १९:०५ मा प्रकाशित दाङ – राष्ट्रिय जनमोर्चा द्वारा संचालित एक महिने संगठनात्मक अभियानको दाङको घोराहीमा एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।अभियानको उदघाटन राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले दिप प्रज्वलन गरेर गरेका छन् । उदघाटन गर्दै अध्यक्ष आचार्यले फागुन महिना भरी सम्पुर्ण नेता कार्यकर्ता जनताको घरदैलोमा पुगेर देशको अवस्थाको बारेमा बताउदै निराश बनेर होइन उत्साहित हुँदै राष्ट्रियताको आन्दोलनमा सामेल हुन अनुरोध गर्न र राष्ट्रिय जनमोर्चाको सदस्यता बितरण गर्न अनुरोध गरे ।घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य सुशील पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर घर्ती, जातीय समता समाजका केन्द्रिय उपाध्यक्ष टीका बि क, अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सदस्य भिमकान्त पन्थी, अखिल नेपाल महिला संघ जिल्ला सदस्य बसन्ता भट्टराई, अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघका जिल्ला सदस्य राम प्रसाद पोख्रेल अखिल छैठौं जिल्ला सचीव लक्ष्मण बि क लगायतले अभियान सफलताको सुभकामना मन्तव्य राखेका थिए ।नगर कोषाध्यक्ष चन्द्र बहादुर रावतको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव मंगल घर्तिले गरेका थिए । कार्यक्रममा महिनाभरीको कार्यक्रमको कार्यतालिका जनजाति सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्तिले पेश गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल