गृहपृष्ठ ∕ प्रदेश खबर ∕ बाग्मती प्रदेश ∕ घरमा पालेको भालेले अण्डा पार्यो, धादिङका सोमबहादुर प्रहरी नियन्त्रणमा घरमा पालेको भालेले अण्डा पार्यो, धादिङका सोमबहादुर प्रहरी नियन्त्रणमा दीप संञ्चार कात्तिक १०, २०७६ गते १७:५८ मा प्रकाशित काठमाडौं । आफूले पालेको कुखुराले सानो अण्डा पार्दा खनियावास गाउँपालिका-२ झार्लाङ कलङम्रङका सोमबहादुर तामाङ प्रहरी नियन्त्रणमा परेका छन्।उनले पालेका कुखुराको खोरमा सधैंभन्दा सानो अण्डा भेटिएको थियो। कुखुराले सानो अण्डा पारेपछि । सोमबहादुरले छिमेकीलाई देखाए। एकले अर्कोलाई देखाउँदै गर्दा सो अण्डा भालेले पारेको र १ करोड रुपैयाँभन्दा बढी पर्ने हल्ला चल्यो।त्यसपछि धेरै मूल्य पाउने प्रलोभनमा सोमबहादुरले अण्डा लुकाए। त्यसको पर्सिपल्ट अण्डा गायव हुँदा उत्पन्न परिस्थितिपछि सोमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।उनले छिमेकीलाई आफूले पालेको कुखुराले पारेको अण्डा देखाउँदा भालेको अण्डा सानो हुने र त्यो बहुमूल्य हुने चर्चा सुने।१ करोडभन्दा बढीमा त्यो अण्डा बिक्री हुन्छ भन्ने हल्ला गाउँमा चलेपछि उनले अण्डाको फोटो खिचेर घरभित्रै अन्नको भकारीभित्र लुकाए।सदरमुकाममा रहेका आफन्तलाई भालेले पारेको अण्डा आफूसँग रहेको र ग्राहक खोजीदिन खबर पठाए। दुई दिनपछि हेर्दा अण्डा राखेको ठाउँमा भेटिएन। अण्डा हराएपछि उनले आफूले विश्वास गरेको लामा झाँक्री (गजबहादुर लामा)लाई हेराए।झाँक्रीले सोमबहादुरकै छिमेकी रामकुमार तामाङले चोरेर चितवन पठाएको भनिदिए। झाँक्रीले अण्डा चोरेको आरोप लगाएका रामकुमार तामाङ र सोमबहादुरको साला नाता पर्ने मंगबहादुर तामाङबीच चोरीको विषयमा सदरमुकामस्थित एक होटलमा झगडा भयो। उनीहरूको झगडापछि ‘भालेको अण्डा काण्ड’ मा प्रहरीको प्रवेश भएको हो।यो समाचार आजको अन्नपूर्ण पोष्ट्मा प्रकाशित छ ।क्याटेगोरी : बाग्मती प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारत्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तनखुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्य तिहारको भाइटीकाको भोलिपल्टबाट बन्द हुनेकाठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमणसवारी चालकसँग विभिन्न वहानामा घुस लिने ६ प्रहरी निलम्वित धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ : वरिष्ठ उपाध्यक्ष ढकाल उपचुनावअघि सरकारमा जादैनौं – रवि लामिछाने किन आउँछ हाई ? धेरै सुत्नु हुन्छ ! घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा नवनियूक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलद्वारा सपथ , सातौं पटकमन्त्रीपरिषद पुनर्गठन, प्रधानमन्त्रीसँग पाँच मन्त्रालय हुँदा कुन दलबाट को को मन्त्री ?