Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरबाग्मती प्रदेशत्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन

त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन


काठमाडौं — त्रिभुवन विश्वविद्यालयद्वारा संचालित एम.बि.एस. तहको अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन भएको छ। केन्द्रिय बिभाग किर्तिपुरले एक सूचना जारी गर्दै यसको जानकारी गराएको हो।

बिभागले कोभिड-१९ बाट बच्दै पढाईलाई निरन्तरता दिनका लागि २०७८ माघ ११ गते देखि निरन्तर रुपमा अनलाइन कक्षा सञ्चालन गर्ने कार्ययोजना बनाई सबैमा जानकारी गराएको थियो।तर,  अनलाइन कक्षाका लागि आवश्यक पर्ने माइक्रोसफ्ट टीममा अहिले प्राबिधिक समस्या रहेको कारणले गर्दा अब नयाँ कक्षा यहि माघ १७ गते देखि निरन्तर रुपमा सञ्चालन हुने सुचना बिभागले प्रकाशन गरेको छ।

साथै उक्त बिभागमा संचालित  प्रथम र तेस्रो सेमेस्टारका सम्पुर्ण  बिद्यार्थीहरुलाई पढ्नको लागि अहिले अनलाइन माध्यमको विकल्प नरहेको भन्दै सबैलाई आ-आफ्नो ठाउबाट उपस्थित भै पढाईबाट बन्चित नहुन सो बिभागीय प्रमुख ,प्रा. डा. रामजी गौतमले आग्रह गरेका छन।

सूचनाको प्रतिलिपी , जस्ताको त्यस्तै :


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #TU notice

तपाईको प्रतिक्रिया दिनुहोस