Techie IT
×
गृहपृष्ठप्रदेश खबरबाग्मती प्रदेशसवारी चालकसँग विभिन्न वहानामा घुस लिने ६ प्रहरी निलम्वित

सवारी चालकसँग विभिन्न वहानामा घुस लिने ६ प्रहरी निलम्वित


काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालयले घुस लिने ६ जना प्रहरीलाई निलम्बन गरेको छ।

मंगलबार कार्यालयले विभिन्न जिल्लामा कार्यरत ६ जना प्रहरीलाई घुस खाएको आरोपमा निलम्बन गरेको हो। उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

निलम्बन पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना छन्। कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाका अनुसार उनीहरूले सवारी चालकसँग विभिन्न वहानामा घुस लिएका थिए। उनीहरूमाथि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको थियो।

निलम्बन पर्नेमा सिन्धुलीका प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, डोरबहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र काभ्रे अन्तर्गतको इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नविनबहादुर थापा छन्।

उनीहरूमाथि अनुसन्धान गर्न कार्यालयले डिएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ।

बागमती प्रदेश कार्यालयले अहिलेसम्म एक जना प्रहरी निरीक्षक सहित ११ जना घुस खाने प्रहरी कर्मचारीलाई निलम्बन गरिसकेको छ। त्यस्तै घुस दिन खोज्नेलाई पक्राउ गर्ने २५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरेको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस