Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश २झापाको बिर्तामोडमा बहुसांस्कृतिक पर्यटन महोत्सव हुने

झापाको बिर्तामोडमा बहुसांस्कृतिक पर्यटन महोत्सव हुने


  • भरत शिवाकोटी

झापा –  नेपालीहरु विश्वमा कला र संस्कृतिका क्षेत्रमा धनी मानिन्छन ! नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन एवं यिनै हाम्रा कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्दै यसको महत्वलाई विश्वभर पुर्याउने उदेश्यका साथ ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले फागुन २३, २४ र २५ गते झापाको बिर्तामोडमा ‘’बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव-२०७६’’ को आयोजना हुने भएको छ ।
 
पर्यटन वर्ष २०२० लाई सघाउ पुर्याउने लक्ष्यका साथ आयोजना गर्न लागिएको महोत्सवले आन्तरिक पर्यटनलाई समेत विशेष महत्व दिएको अर्गनाइजेसनका अध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले जानकारी दिएका छन । महोत्सवको मुख्य उदेश्य बहुसांस्कृतिक, धार्मिक तथा पर्यटनलाई एउटा फुलको मालामा उनेर सदभाव कायम गर्दै झापामा बढी भन्दा बढी आन्तरिक तथा वाहिय पर्यटक  भित्र्याउनु रहेको अध्यक्ष बुढाथोकीको भनाई छ ।
फागुन २३ गते शुक्रवार पवित्रधाम कनकाई नदीको किनारमा पाँच हजार भन्दा वढीको सहभागितामा गंगा आरती गरी महोत्सवको शुभारम्भ गरिनेछ भने २४ र २५ गते बिर्तामोड स्थित सुगम पेट्रोलपम्प छेउको खुलाचौरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त स्रस्टाहरुलाई सम्मान , विभिन्न जातजातिका झाँकी , नृत्य लगायतका विविध कार्यक्रम गरी महोत्सव समापन गरिने शनिवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
 
महोत्सवको शुभारम्भ प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने र महोत्सव उदघाटन प्रदेश–१ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्ने र उक्त कार्यक्रममा सबै धर्म सम्प्रदायका गुरुहरुले प्रवचन समेत गर्ने बताइएको छ । त्यस्तै सुगम पेट्रोलपम्प छेउको खुलाचौरमा हुने महोत्सवको उद्घाटन प्रदेश–१ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले गर्ने ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन ।
महोत्सवमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिनेछ भने , गायक प्रितम आर्चाय र गायिका मेनुका पौडेललाई अन्तराष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । त्यसैगरी मल्टिट्यालेन्ट पुरस्कार, वरिष्ठ गायन, ज्येष्ठ नागरिक पुरस्कार, साहित्यकार, सामाजिक संघ-संस्था, वाद्यवाधक, नाट्य, मुक्ति कला, सञ्चारक्षेत्र लगायतका विविध क्षेत्रमा समेत महोत्सवमा पुरस्कार प्रदान गरिने बताइएको छ । महोत्सवमा धर्मदास बुढाथोकी (वरिष्ठ भजन गायक) राजनराज शिवाकोटी ( लोकप्रिय गायक,संगीतकार,गीतकार ), मनोज गजुरेल, मेनुका पौड्याल, प्रितम आचार्य (सारेगमप लिटल च्याम्पिन ) सगै शास्त्रीय गायनमा लोकपृय नृत्यङ्ना भनेर चिनिने सफल कलाकार सुजता बरालको प्रस्तुति रहनेछ भने दुर्गा प्रसाद,नारायण अनन्त,प्रजापति ,चितानन्द ढुङ्गेल,राज अधिकारी आदि कलाकार को बेजोड प्रस्तुती का साथमा अन्य कलाकारहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
 
महोत्सव सफल पार्न बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा महोत्सव आयोजक मूल समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ भने समितिको सह-संयोजकमा ध्रुवप्रसाद शिवाकोटी, सचिव माधव कल्पित, सह–सचिव कञ्चना ढकाल (सिटौला) र गोपाल खनाल रहेका छन् । सदस्यहरुमा उमा शिवाकोटी, शंकर भट्टराई, घनश्याम चौधरी, देवी गिरी, लक्ष्मी गौतम, पदम प्रसाई, मिजास पोख्रेल, सुस्मा पौडेल, गजेन्द्र पौडेल, राजकुमार शाह, सजेश शिवाकोटी, नारायण चिमरिया, राजु न्यौपाने, बलराम कार्की, सुवास भट्टराई, र देवीभक्त श्रेष्ठ रहेका छन ।
ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन लामो समयदेखि नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएपनि सन् २०१९ मा विधिवत रुपमा सामाजिक संस्थाका रुपमा दर्ता भएर बहुसांस्कृतिक, धार्मिक तथा पर्यटनका क्षेत्रमा विशेष काम गर्दै आएको छ  भने गत माघमा काठमाडौं भीमसेनगोलामा अवस्थित कालिनागेश्वर मन्दिरमा भव्य कार्यक्रम सम्पन्न गरेको थियो ।

क्याटेगोरी : प्रदेश २
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार