गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश २ ∕ विमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न विमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक २३, २०७६ गते १७:१९ मा प्रकाशित जनकपुर – जीवन विमाप्रति मानिसको जागरुकता बढिरहे पनि सिमित मानिसले मात्रै विमा लाभ लिइरहेको सरोकारवालाले बताएका छन् । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा वक्ताहरुले अझै पनि गाउँ घरसम्म जीवन विमाबारे अधिकांशलाई जानकारी नै नभएकै कारणले विमा गराउन सेवाग्राही हिच्किने गरेको बताएका हुन् ।विमा नियमनकारी नियकाद्वारा आयोजित स्थानीय तहसँग विमा समिति अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जीवन विमाबारे प्रचार–प्रसाको कमी र जनचेतनाको अभावमा कृषि विमाको महत्व नै कसैले नबुझेको बताए ।त्यस्तै जनकपुरधाम उपमहानगरपालिका उपमेयर रिता झाले जीवन विमा जीवनकै लागि महत्वपूर्ण रहेको बताइन् । उनले जीवन विमाले परिवारका लागि धेरै नै उपयोगी भएको बताइन् ।त्यस्तै विमा समितिका अध्यक्ष चिरिञ्जिवी चापागाईले प्रदेश नम्बर २ कृषि क्षेत्र रहेपनि यस प्रति सरोकारवालाले वास्ता नगर्दा आर्थिक समृद्धिको बाटोतर्फ अग्रसर हुन कठिनाई भएको बताए ।उनले समाजमा विमाबारे यथेष्ट कार्यक्रम तथा जनचेतनाको फलस्वरुप आम मानिसमा विमाबारे बुझेपनि यसको उपयोग र उपयोगीबारे अझै पनि अग्रसर हुन नसकेको प्रष्ट्याए । यस अन्तरक्रिया कार्यक्रममा ३ दर्जन भन्दा बढि जनकपुरमा सक्रिय विमा कम्पनीका प्रतिनिधिसहित ५ सयभन्दा बढी प्रतिनिधि तथा अभिकर्ताहरुको सहभागिता थियो ।क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलकडाउन अपडेट: जनकपुर क्षेत्रमा भएको प्रभाव (फोटो फिचर)झापाको बिर्तामोडमा बहुसांस्कृतिक पर्यटन महोत्सव हुनेगोली हानी एक युवकको हत्या, अभियुक्त पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप