गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश २ ∕ विमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न विमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक २३, २०७६ गते १७:१९ मा प्रकाशित जनकपुर – जीवन विमाप्रति मानिसको जागरुकता बढिरहे पनि सिमित मानिसले मात्रै विमा लाभ लिइरहेको सरोकारवालाले बताएका छन् । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा वक्ताहरुले अझै पनि गाउँ घरसम्म जीवन विमाबारे अधिकांशलाई जानकारी नै नभएकै कारणले विमा गराउन सेवाग्राही हिच्किने गरेको बताएका हुन् ।विमा नियमनकारी नियकाद्वारा आयोजित स्थानीय तहसँग विमा समिति अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जीवन विमाबारे प्रचार–प्रसाको कमी र जनचेतनाको अभावमा कृषि विमाको महत्व नै कसैले नबुझेको बताए ।त्यस्तै जनकपुरधाम उपमहानगरपालिका उपमेयर रिता झाले जीवन विमा जीवनकै लागि महत्वपूर्ण रहेको बताइन् । उनले जीवन विमाले परिवारका लागि धेरै नै उपयोगी भएको बताइन् ।त्यस्तै विमा समितिका अध्यक्ष चिरिञ्जिवी चापागाईले प्रदेश नम्बर २ कृषि क्षेत्र रहेपनि यस प्रति सरोकारवालाले वास्ता नगर्दा आर्थिक समृद्धिको बाटोतर्फ अग्रसर हुन कठिनाई भएको बताए ।उनले समाजमा विमाबारे यथेष्ट कार्यक्रम तथा जनचेतनाको फलस्वरुप आम मानिसमा विमाबारे बुझेपनि यसको उपयोग र उपयोगीबारे अझै पनि अग्रसर हुन नसकेको प्रष्ट्याए । यस अन्तरक्रिया कार्यक्रममा ३ दर्जन भन्दा बढि जनकपुरमा सक्रिय विमा कम्पनीका प्रतिनिधिसहित ५ सयभन्दा बढी प्रतिनिधि तथा अभिकर्ताहरुको सहभागिता थियो ।क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलकडाउन अपडेट: जनकपुर क्षेत्रमा भएको प्रभाव (फोटो फिचर)झापाको बिर्तामोडमा बहुसांस्कृतिक पर्यटन महोत्सव हुनेगोली हानी एक युवकको हत्या, अभियुक्त पक्राउ धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा