गृहपृष्ठ ∕ राजनीति ∕ राजावादी पार्टी राप्रपाले उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्यो राजावादी पार्टी राप्रपाले उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्यो दीप संञ्चार कात्तिक १६, २०७६ गते १३:२९ मा प्रकाशित काठमाडौं । आगामी मंसिर १४ का लागि तय भएको उपनिर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)उम्मेदवारहरु सिफारिस गर्न थालेको छ ।राजावादी सो पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्यसमितिलाई प्रदान गरेको छ भने गाउँपालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने छ ।यसैगरी प्रदेश र संघीय संसदको टिकट भने सम्बन्धित जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरे बमोजिम प्रदेश समितिको सिफारिसमा पार्टी केन्द्रले दिने तय भएको राप्रपा नेता राजाराम बर्तौलाले जानकारी गराए ।सोही अनुसार पार्टीले भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा माधव खत्री, राममणि न्यौपाने, वुद्धि कुमार प्यासी, बिष्णु प्रसाद तिमल्सिना ,गोकुल खड्का र शिबराज केसीको नाम सिफारिस गरेको उनले बताए ।यसैगरी दाङ क्षेत्र नम्बर ३ ख मा भुपाल रावतको नाम सर्वसम्मत सिफारिस गरिएको छ भने बाग्लुङ–२ ‘ख’ मा गणेश कुँवर सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।यस्तै कास्की क्षेत्र नम्बर २ मा डा भिमसेन गुरुङ, रोम बहादुर भण्डारी, जयलाल पुन, कृष्ण बहादुर अधिकारी र इन्दिरा शाहीको नाम सिफारिस भएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल