गृहपृष्ठ ∕ राजनीति ∕ युवा संघ र दुर्गा प्रसाईं समूहले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्ने युवा संघ र दुर्गा प्रसाईं समूहले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्ने दीप संञ्चार मंसीर ७, २०८० गते ७:१५ मा प्रकाशित एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्ने छन् ।युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ भने प्रसाईंले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ ।युवा संघले भक्तपुरको सल्लाघारीबाट जुलुस निकाली कोटेश्वर–च्यासलस्थित पार्टी कार्यालय हुँदै बिहान ११ बजे तीनकुनेमा सभा गर्ने तयारी गरेको छ ।यस्तै, प्रसाईँको महाअभियान सानोठिमीस्थित एसओएसबाट पेप्सीकोला–मित्रपार्क–चावहिल हुँदै दिउँसो १ बजे बल्खु पुग्नेछ ।एकैदिन दुई समूहले प्रदर्शन गर्ने भएपछि उपत्यका प्रहरी कार्यालयले आजका लागि एकीकृत सुरक्षा योजना लागू गरेको छ ।परस्पर विरोधी दुई पक्षको प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल