गृहपृष्ठ ∕ राजनीति ∕ राप्रपा नेपालको बिरोध प्रदर्शनबाट दर्जन नेता पक्राउ राप्रपा नेपालको बिरोध प्रदर्शनबाट दर्जन नेता पक्राउ दीप संञ्चार असोज ४, २०८० गते ८:१९ मा प्रकाशित राप्रपा नेपालले देशव्यापी रुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न भएको छ।संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा राजसंस्था र हिन्दुराष्ट्र पुनस्स्थापना तथा संघियताको खारेजीको माग राखि राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो।प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको थियो। शान्तिपूर्ण प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरि प्रशासनले धरपकड र हस्तक्षेप गरेकोमा राप्रपा नेपाल भत्सर्ना गर्दछ।काठमाडौंमा पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौंडामा पार्टी जिल्ला सचिव भृगु कार्की सहित रमेश चौँलागाई,रोम सापकोटा,नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरिले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई राती नै रिहा गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।शान्तिपूर्ण प्रदर्शनमा प्रहरिले हस्तक्षेप गरि पक्राउ गरिएकोमा महामन्त्री बर्तौलाले आपत्ती जनाएका छन् । ‘राप्रपा नेपाल आन्दोलनमा उत्रिएको छ, अब हामी निर्णायक आन्दोलनको तयारी गर्छौ’ बर्तौलाले भने । आन्दोलनको क्रममा मसाल जुलुस र पुत्ला दहनमा नेता कार्यकर्तालाई उत्साहित पार्न पार्टी अध्यक्ष कमल थापा विभिन्न स्थानमा आफै पुगेका थिए ।जिल्ला सदमुकामहरुका साथै काठमाडौं उपत्यकाको ४१ स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट