गृहपृष्ठ ∕ राजनीति ∕ किर्ते कागजपत्रमा दोषी एमाले पुर्व सांसद खातुन जेल चलान किर्ते कागजपत्रमा दोषी एमाले पुर्व सांसद खातुन जेल चलान दीप संञ्चार वैशाख १६, २०८० गते १२:१४ मा प्रकाशित नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन्।सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत बिराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पुर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी आफै आत्मसमपर्ण गर्न शुक्रवार अदालतमा पुगेकी थिइन् ।जिल्ला अदालत मोरङका जिल्ला न्यायधिस अम्बिकाप्रसाद निरौलाले २०७४ बैशाख ३१ गतेको फैसला अनुसार सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालिन गाबिस सचिब बिजय कामत र दिपचन्द्र मण्डललाई १ बर्ष जेल सजायँ फैसाला गरेका थिए ।जिल्ला अदालतको फैसाला बिरुद्ध पुनरावेदन गर्न उच्च अदालत गएपनि विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते जिल्लाको सोही फैसला नै सदर गरिदिएको थियो । सो अदालतले सरकारी कर्मचारी भएका कारण पुर्व गाविस सचिव कामत र मण्डललाई भने २ बर्षको सजाय तोकिदिएको छ ।मोरङ जिल्ला अदालका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पुर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन अदालतमा आएको र अदालतले आवाश्यक प्रक्रिया पुरा गरी कैद भुक्तान का लागि कारागार पठाएको हो ।तत्कालिन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उनले गरेको सरकारी कागजपत्र किर्ते गरेको पछि खुल्न आएको थियो । २०७१ चैत ४ गते तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र किर्ते गराउन भुमिका खेलेको अदालतले ठहर गर्दैै जेल सजाय तोकेको हो ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट