गृहपृष्ठ ∕ राजनीति ∕ चिनियाँ राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेटवार्ता गर्दै दीप संञ्चार असोज २६, २०७६ गते ९:३४ मा प्रकाशित काठमाण्डौं, दुई दिनको राजकीय भ्रमणमा शनिबार अपराह्न नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।नेकपाको सचिवालय सदस्यहरुसँग सीले आज बिहान साढे दश बजे होटल सोल्टीमा सामूहिक भेट्ने कार्यक्रम छ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सचिवालय सदस्यसँग चिनियाँ राष्ट्रपति सीले सामूहिक भेटवार्ता गर्नेछन् ।नौ सदस्यीय नेकपाको सचिवालय सदस्यमध्ये पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भेटमा सहभागि नहुने बताइएको छ।सचिवालय सदस्यसँगको सामूहिक भेटवार्ता लगत्तै दाहालले एक्लै सीसँग कुराकानी गर्ने कार्यक्रम रहेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।दाहालसँगको भेटपछि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यतालिका रहेको छ। सी आज दिउँसो १ बजे स्वदेश फर्किने कार्यतालिका छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल