गृहपृष्ठ ∕ राजनीति ∕ उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग एनआरएनएको भेटवार्ता, नागरिकता कार्यान्वयनको विषय सम्बोधन गर्न आग्रह उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग एनआरएनएको भेटवार्ता, नागरिकता कार्यान्वयनको विषय सम्बोधन गर्न आग्रह दीप संञ्चार चैत्र २०, २०७९ गते १८:२३ मा प्रकाशित काठमाडौँ -गृह मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गैरआवासीय नेपाली संघ (एनआरनए) ले भेट गरेको छ ।भेटमा श्रेष्ठलाई बधाई तथा शुभकामना दिदै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि भैरहेको ढिलाइ सम्बन्धमा संघले ध्यानाकर्षण गराएको थियो ।सो भेटमा संघका अध्यक्ष कुल आचार्य, डा बद्रि केसि उपाध्यक्ष आरके शर्मा र दुर्गा आचार्य , कोषाध्यक्ष लोक प्रसाद दाहाल,कार्यकारी अधिकृत रवी किरण अधिकारीलगायतको प्रतिनिधिमण्डलले विश्वभर रहेका गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा नागरिकताको बिषयलाई चाँडै सम्बोधन गर्न पुन आग्रह गर्दै हाल बिद्यमान यस समस्याले सबैलाई चिन्तित तुल्याएको उल्लेख गरेका थिए ।भेटमा एनआरएनए प्रतिनिधीले नेपालबाट पूँजी पलायन भै रहेको र विदेशी लगानी भित्र्याउन पनि वाधा पुगिरहेको सम्बन्धमा ध्यानाकर्षण गर्दै नागरिकता विधेयकलाई फेरी संसदमा लगेर जति सक्दो छिटो पारित गराउन आग्रह गरेका थिए ।उक्त भेटमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा भएको ढिलाईका कारण देश भित्र पनि युवाहरुमा चरम निराशा उत्पन्न भएको बताउंदै नागरिकता विधेयकलाई छिटो भन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै पुस्तौपुस्ता नागरिकता प्राप्ति हुने व्यबस्थाको पनि प्रत्याभुति हुने व्यवस्था हुने जानकारी दिएका थिए । यस सम्बन्धमा ऐनको प्रावधानमा केहि समस्या भए हेर्नेसमेत श्रेष्ठले बताए ।साथै एनआरएनए एक्टको पुनराबलोकन गर्ने सम्बन्धमा मन्त्री श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा भएको निर्देशनको समेत कार्यान्वयनको लागि ध्यानाकर्षण गराइएको अध्यक्ष आचार्यले बाताए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै